काठमाडौं, साउन ४ः देशका धेरै स्थानहरुमा अहिले बर्षा भैरहेको छ । हिजोदेखिनै देशका अधिकाँश स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले […]

सभामुखसमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ - Nepal Television

काठमाडौं, साउन ४ः सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिनुभएको हो । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त […]

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन: महासङ्घ - Nepal Television

काठमाडौं, साउन ४ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो । सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् […]

अपहरणपछि युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ - Nepal Television

सिरहा, साउन ५ः सिरहाको लहान नगरपालिका-१ का एक युवकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका-१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो । केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको […]

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै - Nepal Television

काठमाडौं, साउन ४ः प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको […]

एक जना व्यक्तिको लापरबाहीले गाउँनै सिल - Nepal Television

रोल्पा, साउन ४ः एक जना व्यक्तिको लापरबाहीले रोल्पाको गुरुङगाउँसहित केहि गाउँ सिल गरिएको छ । साउदी अरवबाट दुई हप्ताअघि गाउँ आएका रोल्पा नगरपालिका वडा नं ४ गुरुङ गाउँका २५ वर्षिय एक पुरुषको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट निस्केर गुरुङ गाउँ र लिबाङ बजारमा खुलमखुल्ला हिडेपछि गुरुङ गाउँसहित ३ वटा गाउँलाई सिल गरिएको हो । गुरुङगाउँस्थित सामुदायिक भवनमा रहेको […]

आजबाट केहिदिन देशभर बर्षा हुने, केही स्थानमा भारी बर्षाको पूर्वानुमान - Nepal Television

काठमाडौं, साउन ४ः देशका विभिन्न स्थानमा आजबाट केहिदिन भारी बर्षाको पूर्वानुमान गरिएको छ । आजबाट चारदेखि पाँचदिनसम्म बर्षा हुनेछ । बर्षासँगै बाढी पहिरो र डुवानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन मौसम बिज्ञान विभागले अनुरोध गरेको छ । नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको मनसुनी न्यून चापीय रेखा क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि […]

१५६ जना कोरोना भाईरस संक्रमित थपिए, गत २४ घण्टामा ५८ जना डिस्चार्ज - Nepal Television

काठमाडौं, साउन ४ः आज नेपालमा १ सय ५६ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । गत २४ घण्टामा ५८ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेहरुको संख्या जम्मा ११ हजार ६ सय ९५ जना छन् । गत २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको […]

नेकपा बैठक साउन ६ गते - Nepal Television

काठमाडौं, साउन ४ः आजका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।-

ट्र्याक्टर दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो - Nepal Television

प्युठान, साउन ४ः  प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका-५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर […]

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध - Nepal Television

रसुवा, साउन ४ः चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु-रसुवागढी सडकखण्डको तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । वर्षासँगै स्याफ्रु–रसुवागढी सडक खण्ड पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । सडक खण्डको तातोपानी क्षेत्रको दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । शनिबार रातिदेखि निरन्तर वर्षा भएकाले आज बिहान […]

ईपीएलमा वेस्ट ह्‍याम युनाइटेडसँग वाट्फोर्ड १-३ गोलले पराजित - Nepal Television

काठमाडौं, साउन ३ः ईङ्ग्लिश प्रिमियर लिग ईपीएलअन्तर्गत गएराति भएको खेलमा वेस्ट ह्‍याम युनाइटेडले वाट्फोर्डलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ । मिचेल एन्टोनियोले खेल शुरू भएको छैठौँ मिनेटमै गोल गर्दै वेस्ट ह्‍यामलाई अग्रता दिलाएका थिए र त्यसको ४ मिनेटपछि टोमस साउचेकले अर्को गोल थपेका थिए। त्यस्तै अर्को गोल ३६औँ मिनेटमा डेक्लन राइसले प्रहार गरेका […]

भर्खरका घटना र सूचनाहरू
डा. महेन्द्र विष्ट
डा. महेन्द्र विष्ट

कार्यकारी अध्यक्ष

गाेविन्द राेका
गाेविन्द राेका

महाप्रबन्धक

विष्णु राम न्याैपाने
विष्णु राम न्याैपाने

नायब महाप्रबन्धक(प्रशासन)

गुनासाे सुन्रे अधिकारी
९८५१०६३७७७

डा. टंकप्रसाद उप्रेती
डा. टंकप्रसाद उप्रेती

प्रमुख निर्माता

सूचना अधिकारी
९८५१२२८८८९

भर्खरका टिभी कार्यक्रमहरू
Please check back in a while.
सामाजिक संजाल

प्रदेश समाचार

प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari